लुम्बिनीका मुख्यमन्त्री पोखरेलसहित जसपाका दुई मन्त्रीद्धारा राजीनामाको तयारी

४ बर्ष अगाडि

काठमाडौं - प्रदेशसभामा अल्पमतमा परेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने तयारी गरेका छन् । लुम्बिनी एमाले संसदीय दलको बैठकपछि पोखरेलले राजीनामा दिन लागेका हुन् ।

मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि आज छलफल र निर्णय हुने कार्यतालिका छ । विपक्षी गठबन्धनमा बहुमत देखिएपछि पोखरेलले राजीनामा गर्न लागेको स्रोतले जनाएको छ । पोखरेल २०७४ फागुन ३ गते पहिलो पटक मुख्यमन्त्री नियुक्त भएका थिए ।

साथै सरकारमा सहभागी जनता समाजवादी पार्टीका मन्त्रीले राजीनामा दिने भएका छन् । प्रदेश सरकारमा सहभागी भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्सालले राजीनामा दिन लागेका हुन् ।

यसअघि नै भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष पाण्डेले राजीनामा दिएका थिए । उनीहरु तिनैजनालाई पार्टी निर्णय विपरीत सरकारमा गएको र पटक-पटक पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै पार्टीले सांसदबाट पदमुक्त गरिसकेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया