यूएईमा बढ्यो रोजगारीको माग, नेपालसहित ६ देशका यात्रुलाई प्रवेशमा अनुमति

४ बर्ष अगाडि

काठमाडौं - मार्केट दुवई पर्चेजिङ म्यानेजर इण्डेक्स (पीएमआई) को रिपोर्टले यूएईमा विगत २० महिनाको अवधिमा तेल बाहेकको क्षेत्रमा रोजगारीको माग बढेको बताएको छ ।

गत जुन महिनामा ईण्डेक्स पीएमआई ५१ रहेकोमा जुलाईमा २.२ ले बढेर ५३.२ पुगेको भन्दै त्यसले रोजगारको अवसर बढाएको बताइएको छ । यूएईमा ट्राभल्स तथा टुरिजम, होलसेल तथा रिटेल र निर्माण क्षेत्रमा नयाँ रोजगारी सिर्जना भएको छ । त्यसमध्ये जुन महिनामा ट्राभल्स तथा टुरिज्म क्षेत्रमा बढी रोजगारी बढेको पीएमआईले देखाएको खालिज टाइम्सले उल्लेख गरेको छ ।

रोजगारीको अवसर सिर्जना भई विदेशी कामदारहरको माग बढेपछि उक्त मुलुकले आफ्नो मुलुक आउने विदेशीलाई केही सहज गराएको छ । नेपालीलाई अनिवार्यरुपमा १० दिन होम क्वारेन्टिन बस्नुपर्ने नियम छ । लामो समय जोखिमयुक्त मुलुकको सूचीमा राखेको यूएईले गत मंगलबार नेपालसहित ६ देशका यात्रुलाई सशर्त प्रवेश अनुमति दिने निर्णय गरेको थियो । 

यूएईले कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाएको १४ दिनपछि मात्र आफ्नो देशमा प्रवेश गर्न पाउने बताएकोमा यूएईको सिभिल एभिएसन अथोरिटीले त्यसमा थप प्रष्ट पार्दै नेपालीले यूएई प्रवेश गरेपछि विमानस्थलमा पीसीआर परीक्षण गरी कम्तीमा दश दिन होम क्वारेन्टिनमा बस्नुपर्ने बताएको छ । 

नेपालबाट जाँदा ७२ घण्टा अघिको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट हुनुपर्ने नियम छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया