काठमाडौं - हिमालयन उर्जा विकास कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार उक्त अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ४ पैसा मात्र रहेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ४६ पैसा मात्र थियो । साउन २६ गते कम्पनीको शेयर प्रतिकित्ता ६०३ रूपैयाँमा अन्तिम कारोबार भएको थियो ।
कम्पनीले गत असार मसान्तसम्ममा कुल ३ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१.७२ प्रतिशत कम हो ।
विद्युत बिक्री आम्दानी भएको यस कम्पनीको अन्य आम्दानी घटेका कारण खुद नाफामा कमी आएको हो । समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ८०.५९ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ७९.९७ प्रतिशत घटेको छ ।
अहिले कम्पनीको नेपाली धितोपत्रको दोस्रो बजारमा ६०० रुपैयाँभन्दा माथि कारोबार भइरहेको छ ।
प्रतिक्रिया