काठमाडौं - काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ ८ गतेसम्म थप गरिएको छ । मंगलबार बसेको उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
यसपटक थप गरिएको निषेधाज्ञामा भने केही परिमार्जन गरिएको छ । बैठकले थप भएको निषेधाज्ञा अवधिभर राति ८ बजेदेखि अत्यावश्क बाहेकका सवारी साधन चलाउन रोक लगाउने निर्णय गरिएको छ ।
यो नियम बिहीबारदेखि लागू हुनेछ । अरू निर्णयहरू भने साबिककै भएको बताइएको छ । यसअघि थपिएको निषेधाज्ञा बुधबार रातिदेखि सकिँदै थियो । कोरोना महामारी बढेपछि गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ ।
प्रतिक्रिया