महामारीका बीच ९ करोड लागतमासिनेमा हल खोल्दै दीपक-दीपा

४ बर्ष अगाडि

कोरोनाका कारण देशभर सिनेमा हलहरु बन्द भइरहेको अवस्थामा दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले भने राजधानीमा मल्टीप्लेक्स हल निर्माण गरिरहेको छ । नयाँ बानेश्वरस्थित शंखमुल रोडको एक भवनमा उनीहरुले करीब ९ करोडको लागतमा दुई अडिटोरियमको सिनेमा हल खोल्न लागेका हुन् । केही महिनादेखि सिनेमा हल निर्माणको काम भइरहेको दीपकराजले बताए । 
 
आउँदो चैतसम्म हल निर्माणको सम्पूर्ण काम सक्ने योजनाअनुरुप तीव्र गतिमा काम भइरहेको उनले बताए । 
 
फिल्मबाट कमाएको पैसा फिल्म क्षेत्रमै लगानी गर्ने उद्देश्यले सिनेमा हल खोल्न लागेको र आफूहरुले सिनेमा हल बनाउँदा फिल्मकर्मीलाई पनि सहज हुने उनको विश्वास छ । त्यस्तै, दीपाश्री निरौलाले धमाधम सिनेमा हलहरु बन्द भइरहेको अवस्थामा नयाँ हल खोल्दा सकारात्मक सन्देश जाने बताइन् । आउँदो चैतभित्र हललाई सञ्चालनमा ल्याउने तयारीमा ‘छक्का पञ्जा’ समुह छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया