९२ लाख हुन्डी नगद र चेकसहित चार जना पक्राउ

४ बर्ष अगाडि

काठमाडौं, हुन्डीको कारोबार गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर २२ बाट  ताहाचाल बस्ने ५३ वर्षीय तरुण अग्रवाल,  गोगंबु बस्ने २५ वर्षीय नितेश श्रेष्ठ, भक्तपुर सल्लाघारी बस्ने २९ वर्षीय नरबहादुर खड्का र जोरपाटी बस्ने ३४ वर्षीय अर्जुन चौलागाइ पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले ९२ लाख ९६ हजार रुपैयाँ नगद, ८० लाख ४३ हजार ३ सय रुपैयाँ बराबरको बैंकमा डिपोजिट गएको रसिद र ३६ लाख ८३ हजार ४ सय रुपैयाँको चेक बरामद गरेको हो।

४ बर्ष अगाडि

प्रतिक्रिया