काठमाडौं,आज देशभर २ हजार ११५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७३ हजार १९८ जना पुगेको मन्त्रालयले जनाएको छ।
अहिले संक्रमितमध्ये नेपालमा ९३.४ प्रतिशत कोरोना संक्रमणमुक्त भएका छन्।
हालसम्म कुल ७ लाख ९१ हजार ९१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
हालसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ३२ रहेको छ।
प्रतिक्रिया