एकैदिनमा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

४ बर्ष अगाडि

काठमाडौं, बितेको २४ घण्टामा कोरोना संक्रमितको तथ्यांक ह्वात्तै बढेको छ।  

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार देशभर ४९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार देशभर ३६५१ जनामा संक्रमण पुष्टि भएको थियो । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २१७ नमूना पिसिआर परीक्षण गर्दा ३ हजार १९४ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ५ हजार ९०६ मा परीक्षण गर्दा १७१० मा संक्रमण देखिएको छ।

कुल १९ हजार १२३ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। 

थप ३५ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ।

पछिल्लो २४ घण्टामा २ हजार ११५ जना कोरोनाबाट मुक्त भएका छन्। योसहित निको हुनेको संख्या ६ लाख ७३ हजार १ सय ९८  पुगेको छ।

हालसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ३२ रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया