बुटवल–पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको ४० किलो जगंलनजिक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
दुर्घटनामा १० घाइते भएको प्रहरीले जनाएको छ । मृतकको नाम ठेगाना खुल्न सकेको छैन। काँकडभिटाबाट बुटवलका लागि छुटेको ना ४ ख ७०४६ नम्बरको बस अनियन्त्रित भई सडकबाट तल पल्टिएको नवलपुर प्रहरीले जनाएको छ।
प्रहरी घटनास्थलतर्फ जाँदै गरेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया