करिब ५२ अंकले बढ्दा नेप्से नयाँ उचार्ईमा,कारोबार रकम पनि १८ अर्ब नजिक

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) शेयर बजार करिब ५२ अंकले बढ्दा नेप्सेले नयाँ उचार्ई कायम गरेको छ।

यस दिन नेप्से सूचक ५१.९१ विन्दुले बढेर ३१६१.५६ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि १२.०९ अंकले बढेको छ। यो नेप्सेले कायम गरेको हालसम्मकै उच्च विन्दु हो।

मंगलबार कारोबार रकम समेत १८ अर्ब नजिक पुगेको छ। यस दिन १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २७८ रुपैयाँ बराबरको ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता शेयर कारोबार भएको छ।

यस दिन बिकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै ८.०७ प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको सूचक पनि ६.७८ प्रतिशतले बढेको छ। हाइड्रोपावर उपसमूहको सूचक भने ०.०७ प्रतिशतले घटेको छ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमस्हको सूचकमध्ये १० उपसमूहको सूचक सकारामत्मक देखिउको छ भने बाँकी ३ उपसमूहको सूचक नकारात्मक देखिन्छ।

मंगलबार १९ वटा कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ। यस दिन उच्च रुपले शेयरमूल्य बढ्ने कम्पनीहरुमा अधिकाश फाइनान्स र विकास बैंक रहेका छन्। बेस्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, आइसिएफसि फाइनान्स लगायतको कम्पनीको शेयरमूल्य उच्च रुपले बढेको छ।

मंगलबार अपर तामाकोशी हाइड्रोपावरको सबैभन्दा धेरै ८९ करोड ५८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको ५३ करोड ७ लाख, अपि पावरको ५१ करोड ९२ लाख रुपैयाँ, ज्योति विकास बैंकको ४८ करोड ८४ लाख र अरुण कावेली हाइड्रोपावरको ४१ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया