काठमाडौं,डिस होमले एक सय रुपैयाँ दरको आइपिओ निष्कासन प्रक्रियालाई रोकेको छ।
सञ्चालक समिति बैठकले बुक बिल्डिङ विधिबाट शेयर निष्कासन गर्नु पर्ने तर्क अघि सारेपछि कम्पनीले आइपिओ निष्कासन रोकेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पठाउन भनेको कुनै पनि कागज पत्र नपठाएर प्रक्रिया नै रोकेको हो।
गत वर्ष ३० असार २०७७ मा आइपिओ निष्कासन गर्ने भन्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो। उसले दिएको निवेदन उपर तीन महिना पछि बोर्डले प्रक्रिया अघि बढाउँदै बोर्डले असोज १९ गते थप कागजपत्र माग गरेको थियो। त्यसपछि कम्पनीले बोर्डलाई कुनै जवाफ नपठाएको बोर्डले जनाएको छ।
कम्पनीले भने दैनिक कारोबार बढ्दै गएको र नेटवर्थ समेत राम्रो हुँदै गएकोले कम्पनीले आइपिओ निष्कासनको प्रक्रिया परिवर्तन गर्न लागेकोले बोर्डले माग गरेको कागज पत्र नबुझाएको जनाएको छ। कम्पनीले एक सय रुपैयाँमा शेयर बिक्री गर्ने भन्दा पनि बुक बिल्डिङ विधि मार्फत शेयर निष्कासन गर्ने निर्णय गरेकोले बोर्डलाई जवाफ नदिएको बताएको छ। कम्पनीको सञ्चालक समिति बैठकले साधारण शेयर जारी गर्दा बुक बिल्डिङ विधिबाट जानु पर्ने निर्णय गर्दै सोही प्रक्रिया अघि बढाउन कम्पनी व्यवस्थापनलाई निर्देशन दिएको छ। सो
यति बेला कम्पनीको कुल चुक्ता पूँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष उसले ६५ करोड रुपैयाँ नाफा गरेको थियो भने उक्त वर्ष उसको प्रति शेयर नेटवर्थ १३० को हाराहारीमा रहेको थियो। गत वर्षको रिपोर्ट आउन वाँकी छ।
कम्पनीले यही भदौसम्म वास्तविक वासलात निकाली सक्ने गरी काम गरिरहेका छ। अडिटेड वासलात आए लगत्तै कम्पनीले बुक बिल्डिङ विधिको प्रक्रिया अघि बढाउने जनाएको छ।
प्रतिक्रिया