साँझ ८ बजेबाट सवारी संचालमा पुर्ण रोक, बिहीबारबाट लागू

४ बर्ष अगाडि

काठमाडौं, काठमाडौं उपत्यकामा साँझ ८ बजेबाट निजी र सार्वजनिक सवारी संचालमा रोक लगाइएको छ । साउन २८ गते (बिहीबार)बाट ८ बजेपछि सवारी संचाल गर्न पाइने छैन् ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सो निर्णय गरेका हुन् । 

‘साँझ ८ बजेभित्र गन्तव्यमा पुगि सक्नुपर्छ’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराइले भने–‘८ बजेबाट निजी र सार्वजनिक दुवै सवारी चलाउन रोक लगाउने निर्णय गरेका छौं ।’ 
 
यस्तै,निषेधाज्ञाको अरु मोडालिटी पहिलेकोलाई नै निरन्तरता दिइएको छ  निषेधाज्ञाको समय भदौ ८ सम्म थप गरिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया