काठमाडाैं – काठमाडाैं उपत्यकामा राती ८ बजेपछि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । मंगलबार बसेको काठमाण्डु, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा राती ८ बजेपछि सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । उक्त निर्णय बिहीबारबाट लागू हुनेछ ।
कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको भन्दै उपत्यकामा सवारी सञ्चालनमा कडाई गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी डुण्डिप्रसाद निरौलाले बताए । ८ बजे अगाडि नै सबै यात्रुहरु गन्तव्यमा पुगिसक्नुपर्ने निर्णय भएको उनले जानकारी दिए ।
‘बढ्दो कोरोना संक्रमणदरलाई मध्यनजर गर्दै राती ८ बजे अगाडि नै गन्तव्यमा पुगिसक्नुपर्ने छ,' उनले भने ।
त्यस्तै उनले भौतिक उपस्थितिमा तालिम सञ्चालन गर्न नपाइने निर्णय भएको जानकारी दिए । सिडिओ निरौलाका अनुसार अब भर्चुअल माध्यमबाट तालिम गर्नुपर्ने भएको छ ।
प्रतिक्रिया