काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुर्य बैंकको ऋणपत्र सूचिकृत भएको छ ।
आज कृषि विकास बैंक लिमिटेडको ६० लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ ।
स्टकका अनुसार ‘४ प्रतिशत कृषि बण्ड २०८७’ को ६० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
यस्तै .नेपाल बैंक लिमिटेडको ३५ लाख कित्ता ऋणपत्र पनि नेप्सेमा सूचिकृत भएको छ ।
स्टकका अनुसार ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७’ को ३५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
बैंकले वैशाख २२ गतेदेखि वैशाख ३१ गतेसम्म १० वर्ष अवधिको वार्षिक ८.५० प्रतिशत व्याजदर भएको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
प्रतिक्रिया