सानिमा लाईफको आईपीओ बाँडफाँड कहिले ? के-कस्तो छ तयारी ?

४ बर्ष अगाडि

काठमाडौं, हालसम्मकै उच्च आवेदन परेको सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोआईपीओको बाँडफाँड कहिले होला भन्ने सबैको चासोको विषय बनेको छ । 

हालसम्म बैंकहरूबाट आईपीओको भेरिफिकेसनको काम सक्किएको र क्यापिटलको रिपोर्ट जेनेरेट गर्ने काम बाँकी रहेको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । 

त्यसैले भोलिबाट क्यापिटलको काम गरी सकभर आउँदो आइतबार आईपीओ बाँडफाँड गर्ने तयारी रहेको छ ।
 
सानिमा लाईफ इन्स्योरेन्सले बुधबार  साउन २० गतेदेखि आईतबार साउन २४ गते सम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।

अन्तिम दिनसम्म कम्पनीको आईपीओमा २४ लाख १९ हजार १ सय २७ आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४ सय ४० कित्ता सेयर खरिदका लागि आवेदन परेको जनाएको छ । यो मागभन्दा ६।८४ गुणा बढी आवेदन हो । 

गोलाप्रथाबाट बाँडफाँड गर्दा ५ लाख ४० हजार आवेदकले १० कित्ता सेयर प्राप्त गर्नेछन् भने बाँकी करिब १८ लाख ५० हजार आवेदकहरुको भने हात खाली हुनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया