अपर तामाकोशीको करिब ९ लाख कित्ता खरिद बिक्री, बिक्री कर्ताका चाप उच्च

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) कारोबारको तेस्रो घण्टा सम्ममा अपर तामाकोशीको करिब ९ लाख कित्ता शेयर खरिद बिक्री भएको छ ।

सो अवधीसम्म कम्पनीको ८ लाख ९५ हजार ६३१ कित्ता खरिद बिक्री भएको छ । उक्त कित्ता खरिद बिक्री हुदाँ ७७ करोड १६ लाख रुपैंया बराबरको शेयर कारोबार भएको हो ।

यस्तै, कम्पनीको शेयरमुल्य ८८७ रुपैंया प्रतिकित्ता पुगेको छ । मार्केट डेपमा कम्पनीको १ लाख ४ हजार २६० कित्ता शेयर खरिद माग भएको छ भने १ लाख ९१ हजार ४६३ कित्ता शेयर बिक्री माग भएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया