काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) कारोबार सुरु भएको डेढ घण्टामा पाँच कम्पनीको शेयरमुल्य उच्च वृद्धि भएको छ ।
गुहेश्वरी मर्चेन्ट बैंक ,आइसीएफसी फाइनान्स र जीवन विकास लघुवित्तको शेयरमुल्य १० प्रतिशतले बढेको छ भने युनियन लाइफ इन्स्योरेन्स र बेस्ट फाइनान्सको शेयरमुल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
जीवन विकास लघुवित्तको शेयरमुल्य रु.२ हजार ४, गुहेश्वरी मर्चेन्ट बैंकको रु.६५१ र आइसीएफसी फाइनान्सको रु.८१३ पुगेको छ ।
यस्तै, युनियन लाइफ इन्स्योरेन्सको शेयरमुल्य रु.६४२ र बेस्ट फाइनान्सको शेयरमुल्य रु. ५७६ पुगेको छ ।
प्रतिक्रिया