अर्थमन्त्रीले आज श्वेतपत्र ल्याउँदै, के आउँछ आर्थिक श्वेतपत्रमा ?

४ बर्ष अगाडि

काठमाडौं ।  सरकारले  मंगलबार (आज) आर्थिक श्वेतपत्र ल्याउने भएको छ ।   अर्थमन्त्री जनार्दन शर्माले आज अर्थतन्त्रको पछिल्लो अवस्थाको यथार्थ चित्र देखिने गरी  व्यवस्थापिका संसदमा श्वेतपत्र पेश गर्न लागेका हुन्।
 
मन्त्री शर्माले मन्त्री नियुक्त भएपछि आयोजित पत्रकार सम्मेलनमा श्वेतपत्र ल्याउने घोषणा गरेका थिए । देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था कस्तो हालतमा छ भन्ने जानकारी दिन यस्तो श्वेतपत्र जारी गरिन्छ।

अर्थमन्त्रालयले श्वेतपत्रका लागि करिब ३ सातादेखि तयारी गरिरहेको थियो । देशका आर्थिक सूचकांकहरुलाई जस्ताको तस्तै देखाउने गरी ‘वर्तमान आर्थिक अवस्थाको यथार्थपत्र’ जारी गर्न लागिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया