साउथ इन्डियन फिल्म ‘थिरिमाली’मा स्वस्तिमा खड्का  !

४ बर्ष अगाडि

साउथ इन्डियन फिल्म ‘थिरिमाली’मा अभिनेत्री स्वस्तिमा खड्कालाई  देख्न पाइने भएको छ । नेपाली फिल्म ‘ग्याङस्टार ब्लूज’का निर्माता सरोज न्यौपानेले दक्षिण भारतीय कम्पनी ‘एन्जल मारिया सिनेमा’सँग मिलेर निर्माण गरेको यो फिल्ममा स्वस्तिमाको अलवा माओत्से गुरुङ, उमेश तामाङ लगायत नेपाली कलाकारको अभिनय देख्न सकिन्छ ।

राजिब सेट्टीको निर्देशन रहेको फिल्ममा भारतीय कलाकार विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मा लगायतको मुख्य भूमिका छ ।

हालै छायाँकन पूरा गरेको फिल्मको निर्माण युनिटले नेपाली कलाकार माओत्से गुरुङको अभिनय रहेको सुटिङ सेटका केही तस्विरहरु सार्वजनिक गरेको छ । सार्वजनिक तस्बिरमा नेपालको पहाडी भेगका दृश्य देख्न सकिन्छ ।

फिल्ममा माओत्सेको महत्वपूर्ण भूमिका रहेको छ । स्वस्तिमाको भूमिका भने दर्शकका लागि सरप्राइज हुने निर्माता युनिटले जनाएको छ । हिन्दीसहित मलयालम, कन्नड, तमिल र तेलूगू भाषामा फिल्म रिलिज हुनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया