काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ११ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार १.५४ अंक बढेर ३१०९.६६ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा १०.७१ अंक बढेर ३१२०.३० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.४५ अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा ७२ कम्पनीको शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५६ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १० कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया