बार्सिलोनाको नयाँ कप्तान सर्जियो बुस्क्वेट्स बनेका छन् । उनले अब मेस्सीको उत्तराधिकारीका रुपमा आर्मब्यान्ड लगाउनेछन् ।
उपकप्तानका रुपमा जेरार्ड पिके, सर्जि रोर्बटो र जोडी अल्बा रहनेछन् । कप्तान बुस्क्वेट्स र तीनवटै उपकप्तान बार्सिलोनाको युथ एकेडेमी ला–मेसियाका उत्पादन हुन् ।
भर्खरै क्लब छाड्ने घोषणा गरेका पूर्वकप्तान मेस्सी पनि ला–मेसियाकै उत्पादन हुन् । मेसी कप्तान छँदा बुस्क्वेट्स, पिके र सर्जि रोर्बटो उपकप्तान थिए । आइतबार युभेन्टस्विद्धर जोआन गाम्पर ट्रफीमा बुस्क्वेटस्ले बार्सिलोनाको कप्तानी गरे ।
मेसीको क्लब छाड्ने घोषणापछि बार्साले खेलेको यो नै पहिलो खेल हो । यस खेलमा बार्सा ३–० ले विजयी भयो । खेलपछि बुस्क्वेट्सले मेस्सीको निकै प्रशंसा गरे ।
यता मेसी र पिएसजीबीच अन्तिम सम्झौता हुन बाँकी रहेकै बैला अहिल्यै जर्सी नम्बरको चर्चा सुरु भइसकेको छ। स्रोतका अनुसार पिएसजीले मेसीलाई ३० नम्बरको जर्सी लगाउन अफर गरिरहेको छ ।
नेइमारले पिएसजीमा १० नम्बरको जर्सी लगाउँछन् । यसअघि मेसी क्लबमा आएमा आफ्नो जर्सी उनलाई दिने घोषणा नेइमारले गरेका थिए । तर, मेसी आफ्नो सार्थीको जर्सी खोस्न चाहदैंनन् र उनले यो प्रस्ताव अस्विकार गरिसके । मेसी र नेइमार बार्सिलोनाबाट खेल्दा अति निकट थिए, त्यो मित्रता अहिले पनि कायम छ ।
मेसीका लागि विकल्पका रुपमा अहिले ३० र १९ नम्बरको जर्सीलाई अघि सारिएको छ । मेसीले युवा टोलीबाट खेल्दा १९ नम्बरको जर्सी लगाउथें ।
बार्सिलोनाको सिनियर टोलीबाट डेब्यु गर्दा उनले ३० नम्बर जर्सी लगाएका थिए । लिगड वानमा प्राय वैकल्पिक गोलकिपरलाई ३० नम्बरको जर्सी दिइन्छ ।
मेसीलाई भित्र्याउने दौडमा पिएसजी अगाडि छ । तर, म्यानचेस्टर युनाइटेडले पनि उनलाई भित्र्याउन चाहेको छ ।
प्रतिक्रिया