पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख २२ हजार ३८२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । वल्डोमीटर्सको तथ्याङ्कअनुसार पछिल्लो चौबीस घण्टामा सबैभन्दा बढी संक्रमित अमेरीकामा १ लाख २ हजार ३७५ जना संक्रमित थपिएका छन् ।
सोही अवधिमा इरानमा ४० हजार ८०८, भारतमा २७ हजार ४२९, बेलायतमा २५ हजार १६१ , रसीयामा २२ हजार १६० र टर्कीमा २३ हजार संक्रमित थपिएका छन् । योसँगै विश्वमा कुल सङ्क्रमितको संख्या २० करोड४० लाख ९८ हजार नाघेको छ ।
हालसम्म विश्वभर ४३ लाख १ हजार ९० जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने २० करोड ३२ लाख ७६ हजार २११ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो(अमेरिका । अमेरिकामा हालसम्म ६ लाख १७ हजार ३०७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
अमेरिकापछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै छ । ब्राजिलमा हालसम्म ५ लाख ६३ हजार १५१ जनाले ज्यान गुमाइसकेका छन् ।
छिमेकी मुलुक भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ । भारतमा हालसम्म ४ लाख २८ हजार ३०९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
प्रतिक्रिया