आज मैलुङ खोलाको आईपीओ बाँडफाँड हुँदै

४ बर्ष अगाडि

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडकोले  प्राथमिक शेयर (आईपीओ) आज  मंगलबार बाँडफाँड गर्दै छ ।बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बिहान ९ बजे आईपीओ बाँडफाँड गरिने भएको हो।

साउन १४ गतेदेखि साउन १९ गतेसम्म निष्कासन गरेको उक्त आईपीओको प्रि–अलटमेन्ट हिजो आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न भएको थियो ।

 कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । 

जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणलाई छुट्याएको छ ।

अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९२५ जनाले आवेदकले २ करोड ८४ लाख ४१ हजार ८ सय ४० कित्ताका लागि आवेदन दिएका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया