नेपालमा मनसुन फेरी सक्रिय हुदैँ , आज यी स्थानमा भारी बर्षा हुने

४ बर्ष अगाडि

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मंगलबार देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र लुम्बिनी प्रदेश को एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

बुधबार पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश , गण्डकी प्रदेश र  लुम्बिनी प्रदेश को एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारबाट बिस्तारै मनसुन न्यून चापीय रेखा नेपालको तराई भू(भाग नजिक आउने र सो प्रणालीका कारण देशभरि मनसुन सक्रिय भई बिहीबार देखि केही दिन धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

बिहीबार प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारीरधेरै भारी वर्षाको सम्भावना रहेको तथा शुक्रबार, शनिबार  प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेश,  कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीरधेरै भारी वर्षाको सम्भावना रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया