लियोनेल मेस्सीले बार्सिलोना छाडेपछि नै उनलाई अनुबन्ध गर्ने होडमा पेरिस सेन्ट जर्मेन अघि रहेको छ । तर, अहिले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड पनि यो दौडमा सामेल भएको छ ।
युनाइटेडले मेस्सीलाई हरेक हप्ता ६ लाख ७२ हजार युरो तलब दिने गरी २ वर्षको करार अफर गर्ने तयारी गरेको छ । बेलायती पत्रिका द सनका अनुसार युनाइटेडले मेस्सीलाई भित्र्याउनका लागि आफ्नो अफर प्रस्तुत गर्ने तयारी गरेको हो ।
हालसम्म मेस्सी पीएसजी जाने बारेमा विमर्श भइरहेका बेला यो सिजन जाडोन सान्चो र राफायल भरानलाई भित्र्याएको युनाइटेडले पनि उनलाई अनुबन्धन गर्ने महत्त्वाकाङ्क्षा देखाएको छ ।
पीएसजीले मेस्सीलाई अनुबन्ध गर्न नसकोस् भनेर युरोपेली नियामक निकायमा उजुरी पनि परिसकेको छ । फाइनान्सियल फेयर प्लेका आधारमा पीएसजीले मेस्सीलाई अनुबन्ध गर्न नमिल्ने उजुरीकर्ताहरूको तर्क रहेको छ ।
यस्तै बार्सिलोना फुटबल क्लबले मेसी बिदाइ गरेसँगै उनी फ्रान्सको क्लब पिएसजी (पेरिस सेन्ट जर्मन) पिएसजी जाने प्रक्रिया सुरु भएको छ ।
तर, मेस्सीलाई पीएसजीमा आबद्ध हुनबाट रोक्न बार्सिलोनाका कानुन व्यवशायीले युरोपियन कोर्ट अफ अपिलमा उजुरी गरेका छन् ।
'फाईनान्सियल फेयर प्ले'को अवधारणा अन्तर्गत पिएसजीले मेसी अनुबन्धित गर्न नपाउने जिकिर गर्दै उक्त मुद्दा हालिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् ।
मुद्दा हालिएको निवेदनमा सन् २०१९(२०को सत्रमा पिएसजीको आम्दानी तुलनामा तलब मात्र ९९५ रहेको हुनाले मेसीलाई अनुबन्ध गर्न नपाउने बताइएको छ । बार्सिलोनाको मेसीलाई पिएसजी जानबाट रोक्ने यो अन्तिम उपायका रूपमा लिइएको छ ।
मेस्सीले आइतबार मात्र बार्सिलोना छाडेको घोषणा गरेका थिए । आफुले चाहँदा चाहँदै पनि बार्साको आर्थिक अवस्थाका कारण रहिरहन नमिलेको उनको भनाई थियो । त्यसयता पीएसजीले मेस्सीलाई आबद्ध गर्ने लगभग पक्का भइसकेको समाचारहरु अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले लेखिरहेका छन् ।
फाइनान्सियल फेयर प्लेको अनुपात पीएसजीको बार्साको भन्दा पनि खराब रहेको दावी गरिएको छ । पीएसजीले मेस्सीलाई आबद्ध गरेको अवस्थामा उसले फाइनान्सियल फेयर प्ले मिचेको अवस्था हुने उल्लेख गरिएको छ ।
फुटबल ट्रान्सफरका जानकार फाब्रिजियो रोमानोले मेस्सीलाई आबद्ध गर्न पीएसजीले सिधा सम्पर्क गरिरहेको र उनलाई भित्र्याउन विश्वस्त रहेको उल्लेख गरेका छन् ।
पीएसजीका स्टार स्ट्राइकर नेमारले समेत मेस्सीलाई भित्र्याउन काम गरिरहेको उनले उल्लेख गरेका छन् । मेस्सी र नेमारले केही समय बार्सिलोनामा सँगै खेलेका थिए ।
बार्सिलोनामा २१ वर्ष विताएर मेस्सी अन्य क्लब जान लागेका हुन् ।
प्रतिक्रिया