नाङ्लो रेस्टुरेन्टका संस्थापक कक्षपतिको निधन

४ बर्ष अगाडि

ख्यातिप्राप्त नाङ्लो रेस्टुरेन्टका संस्थापक तथा उद्यमी श्याम सुन्दरलाल कक्षपतिको सोमवार निधन भएको छ। 

नेपालमा फास्टफूड चेन रेष्टुरा शुरूवात गर्ने व्यवसायी कक्षपतिको थाइल्याण्डमा उपचारका क्रममा निधन भएको हो।  

मुखसम्बन्धी क्यान्सरको समस्याबाट पीडित कक्षपति करीब दुई महीनादेखि थाइल्याण्डमा  उपचाररत थिए।

उनले नेपालमा नाङ्लो रेष्टुराँ सञ्चालनमा ल्याएका थिए। नाङ्लोले सुस्त मनस्थितिका व्यक्तिहरूलाई समेत रोजगारी प्रदान गर्ने गर्दै आएको छ।
२०३३ सालमा उनले काठमाडौंको दरबारमार्गमा नाङ्लो बेकरी क्याफे खोलेका थिए।

होटल संघका पूर्व अध्यक्षसमेत रहेका उनी शुभतारा स्कुलका संस्थापक पनि थिए ।उनका पत्नीसहित एक छोरा र  एक छोरी छन्।

४ बर्ष अगाडि

प्रतिक्रिया