मेस्सीलाई पिएसजी जानबाट रोक्न बार्सिलोनाको अन्तिम उपाय, कानुन व्यवशायीद्धारा मुद्दा दर्ता

४ बर्ष अगाडि

एजेन्सी - बार्सिलोना फुटबल क्लबले आफ्नो स्टार खेलाडी लियोनेल मेसी बिदाइ गरेसँगै उनी फ्रान्सको क्लब पिएसजी ९पेरिस सेन्ट जर्मन० पिएसजी जाने प्रक्रिया सुरु भएको छ । 

तर, मेस्सीलाई पीएसजीमा आबद्ध हुनबाट रोक्न बार्सिलोनाका कानुन व्यवशायीले युरोपियन कोर्ट अफ अपिलमा उजुरी गरेका छन् ।

'फाईनान्सियल फेयर प्ले'को अवधारणा अन्तर्गत पिएसजीले मेसी अनुबन्धित गर्न नपाउने जिकिर गर्दै उक्त मुद्दा हालिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् । 

मुद्दा हालिएको निवेदनमा सन् २०१९-२०को सत्रमा पिएसजीको आम्दानी तुलनामा तलब मात्र ९९५ रहेको हुनाले मेसीलाई अनुबन्ध गर्न नपाउने बताइएको छ ।  बार्सिलोनाको मेसीलाई पिएसजी जानबाट रोक्ने यो अन्तिम उपायका रूपमा लिइएको छ । 

मेस्सीले आइतबार मात्र बार्सिलोना छाडेको घोषणा गरेका थिए । आफुले चाहँदा चाहँदै पनि बार्साको आर्थिक अवस्थाका कारण रहिरहन नमिलेको उनको भनाई थियो । त्यसयता पीएसजीले मेस्सीलाई आबद्ध गर्ने लगभग पक्का भइसकेको समाचारहरु अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले लेखिरहेका छन् ।

फाइनान्सियल फेयर प्लेको अनुपात पीएसजीको बार्साको भन्दा पनि खराब रहेको दावी गरिएको छ । पीएसजीले मेस्सीलाई आबद्ध गरेको अवस्थामा उसले फाइनान्सियल फेयर प्ले मिचेको अवस्था हुने उल्लेख गरिएको छ । 

फुटबल ट्रान्सफरका जानकार फाब्रिजियो रोमानोले मेस्सीलाई आबद्ध गर्न पीएसजीले सिधा सम्पर्क गरिरहेको र उनलाई भित्र्याउन विश्वस्त रहेको उल्लेख गरेका छन् । 

पीएसजीका स्टार स्ट्राइकर नेमारले समेत मेस्सीलाई भित्र्याउन काम गरिरहेको उनले उल्लेख गरेका छन् । मेस्सी र नेमारले केही समय बार्सिलोनामा सँगै खेलेका थिए ।

बार्सिलोनामा २१ वर्ष विताएर मेस्सी अन्य क्लब जान लागेका हुन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया