अरनिको राजमार्गको पुल भत्कियो, आवतजावतमा असहज

४ बर्ष अगाडि

काभ्रे । अरनिको राजमार्ग खण्ड पाँचखालको झिकु खोलामा रहेको पुलको बार भत्किएको छ । लामो समयदेखि मर्मत संभारको पर्खाईमा रहेको जिर्ण पुलको बार आइतबार राती भत्किएको हो ।

पुलको बार भत्किएपछि एक तर्फि ढंगबाट सवारी आवत जावतको व्यवस्था मिलाईएको छ।

लामो समयदेखिको मर्मत संभारको पर्खाईमा रहेको सो पुलको लम्बाई ४२ मिटर रहेको छ । अवको केही समयमा मर्मत सम्भार नगर्ने हो भने सो पुल क्षति भई पाँचखाल पुर्वको सम्बन्ध विच्छेद हुने छ । पुलको दयनिय अवस्थाको बिषयमा पाँचखालका स्थानिय चिन्तित भएका छन् । स्थानियहरुले तत्काल मर्मत साथै सडकको सवारी चापलाई मध्यनजर राख्दै नयाँ पुल बन्नुपर्ने बिषयमा माग गर्दै आएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया