काठमाडौं, साताको दोस्रो दिन (सोमबार) नेप्सेमा कारोबारको अन्तिम समयसम्म आउँदा चन्द्रागिरी हिल्सको शेयरमुल्य १५ सय १० रुपैंया पुगेको छ ।
आज कम्पनीको शेयरमुल्य ४५ अंकले घटेर प्रतिकित्ता मुल्य १ हजार ५१० रुपैंया पुगेको हो । आज कम्पनीको शेयर कारोबार १ हजार ५५६ रुपैंयाबाट सुरु भएको थियो ।
यस्तै, कम्पनीको आज १३ हजार ६७६ कित्ता खरिद बिक्री भएको छ । उक्त कित्ता खरिद बिक्री हुदाँ २ करोड ११ लाख रुपैंया बराबरको शेयर कारोबार भएको हो ।
प्रतिक्रिया