काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) कारोबारको अन्तिम समयसम्म १० कम्पनीको शेयरमुल्यमा उछाल आएको छ ।
सोमबार ६ कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको छ भने बाँकी चार कम्पनीको शेयरमुल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो ।
आइसिएफसी फाइनान्स, जीवन विकास लघुवित्त,कर्पोरेट डेभलमेन्ट बैंक,युनियन हाइड्रो, नेपाल हाइड्रो र हिमालयन पावर पार्टनरको शेयर मुल्य १० प्रतिशतले वृद्धि भएको छ ।
यस्तै, युनियन लाइफ इन्स्योरन्स, ङादी ग्रुप पावर, हिमालयन उर्जा विकास कम्पनी र युनाइटेड मर्दीको शेयरमुल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।
प्रतिक्रिया