काठमाडौं - मोटरसाइकल चोरेर भाग्ने क्रममा दुई जनालाई पक्राउ परेका छन् । कीर्तिपुर नगरपालिका – ९, नगाउँमा एक व्यक्तिको घर अगाडी पार्किङ्ग गरी राखेको बा ९४ प ७१६४ नम्बरको पल्सर मोटरसाइकल चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा रामेछाप खाँडादेवी गाउँपालिका–७ घर भई हाल नारायणटार बस्ने सुन्दर मगर र रामेछाप सुनापती गाउँपालिका–२ घर भई नारायणटार नै बस्ने दिपक सिंजाली मगर रहेका छन् ।
चोरी भएको सुचना प्राप्त हुनासाथ सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले नम्वर प्लेट समेत परिवर्तन गरी मोटरसाइकल चलाइरहेको अवस्थामा दुवैलाई भक्तपुरको सूर्यविनायकबाट नियन्त्रणमा लिन सफल भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
प्रतिक्रिया