काठमाडौं - मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) को प्रि-अलटमेन्ट सम्पन्न भएको छ ।
साउन १४ गतेदेखि साउन १९ गतेसम्म निष्कासन गरेको उक्त आईपीओको प्रि-अलटमेन्ट हिजो आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न भएको हो ।
प्रि-अलटमेन्ट सम्पन्न भएपछी उक्त जानकारी नेपाल धितोपत्र बोर्डलाई दिइन्छ र बोर्डको अनुमतिपछी आईपीओको बाँडफाँड गरिने प्रावधान छ । उक्त आईपीओको बाँडफाँड भोलि गर्न लागिएको सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ ।
समय र स्थान भने निश्चित भइनसकेको बताइएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।
जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणलाई छुट्याएको छ ।
अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९२५ जनाले आवेदकले २ करोड ८४ लाख ४१ हजार ८ सय ४० कित्ताका लागि आवेदन दिएका थिए ।
प्रतिक्रिया