पाँच कम्पनीको शेयरमा उच्च खरिदमाग, कुनको कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो दिन सोमवार बजार खुलेको साढे दुई घण्टाको अवधिमा पाँच  कम्पनीको शेयरमा खरिद माग उच्च रहेको छ ।

यूनियन लाइफ इन्स्योरेन्स, सिद्धार्थ इक्विटी फण्ड,जीवन विकास लघुवित्त वित्तीय संस्था,हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी  र एनआईसी एशिया ब्यालेन्स फण्डको इकाई उच्च खरिद माग रहेको हो । 

ती पाँच कम्पनीहरुमध्ये सबैभन्दा बढी यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको ६ लाख ४ हजार ५९९ कित्ता शेयर खरीद माग रहेको छ । त्यसैगरी सिद्धार्थ इक्विटी फण्डको ४ लाख ६९ हजार ३८९ इकाई खरिद माग रहेको छ । 

त्यस्तै जीवन विकास लघुवित्तको ४ लाख ६१ हजार ७८२ कित्ता र हाइड्रोइलेक्ट्रीसिटीको ४ लाख ५४ हजार २७१ कित्ता र एनआईसी एशिया ब्यालेन्स फण्डको ४ लाख २३ हजार ५०० इकाई खरिद माग रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया