एजेन्सी - बलिउडका चलचित्र निर्देशक संजय लिला भंसालीको मेगा प्रोजेक्ट ‘बैजु बावरा’ बाट अभिनेत्री दीपिका पादुकोण बाहिरिएकी छन् ।
केही भारतीय सञ्चार माध्यमको रिपोर्टका अनुसार अभिनेता तथा दीपिकाको पति रणवीर सिंह जति नै पारिश्रमिक मागेपछि दीपिका उक्त प्रोजेक्टबाट बाहिरिएकी हुन् । रिपोर्टका अनुसार फिल्ममा मुख्य भूमिकाका लागि रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणलाई चुनिएको थियो ।
सुत्रका अनुसार दीपिका फिल्मबाट बाहिरिएपछि अब उनको भूमिकामा को आउने भन्ने विषयमा अन्योल नै छ ।
प्रतिक्रिया