पतिको अश्लिल फिल्म प्रकरणका कारण समस्यामा परेकी शिल्पा र आमामाथि करोडौं ठगीको आरोप

४ बर्ष अगाडि

एजेन्सी - बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनको आमा सुनन्दा शेट्टीमाथि करोडौं रुपैयाँ ठगीको आरोप लागेको छ । 

उनीहरूविरुद्ध विभूतीखण्ड प्रहरी चौकीमा ओमेक्स हाइट्स निवासी ज्योत्सना चौहान र हजरतगन्ज प्रहरी चौकीमा रोहित वीर सिंहले छुट्टाछुट्टै उजुरी दिएका छन् । दुवै उजुरीमा शिल्पा र उनकी आमाले सैलुन र स्पा खोल्न कम्पनी खोलेको र उक्त कम्पनीको शाखा खोल्नको लागि आफूहरुसँग करोडौं रुपैयाँ लिएको उल्लेख छ ।

साथै शिल्पाका पति तथा भारतीय व्यवसायी राज कुन्द्राको ‘अश्लिल फिल्म प्रकरण’ पनि झनै रहस्यमय बन्दै गएको छ । पोनोग्राफी प्रकरणमा राज कुन्द्राको विरुद्धमा उनकै भियान कम्पनीका पूर्व कर्मचारीले बयान दिएपछि उनी झन् मुश्किलमा परेका छन् । 

पूर्व कर्मचारीहरूको बयान दिएपछि राज कुन्द्रा झनै समस्यामा पर्ने देखिएको छ । इन्डिया टुडेको रिपोर्टका अनुसार मुम्बई प्रहरीको अपराध शाखाले राज कुन्द्राविरुद्ध प्रमाणसहितको बयान रेकर्ड गरेको छ । राजको कम्पनीका पूर्व कर्मचारीहरू भियान कम्पनीको विषयमा धेरै कुराका ज्ञाता थिए । उक्त चार जनाले दिएको बयानपछि अपराध शाखालाई अनुसन्धानमा थप सहयोग मिल्नेछ ।

राज कुन्द्राको विरोधमा पहिलो बयान दिने चार्टर्ड अकाउन्टेन्ट हुन् । चार्टर्ड अकाउन्टेन्टले ब्यालेन्स सिटसँग जोडिएका सबै जानकारी दिए । पैसा लेनदेनको सबै जानकारी विस्तारै बाहिर आएको छ । साथै, दोस्रो बयान फाइनान्स अफिसर हुन् । उनले मन्त्री ट्रायल्सका सबै जानकारी दिए । 

साथै, अरु दुई जना टेक्निकल फिल्डका कर्मचारी हुन् । यी दुईले प्रहरीलाई टेक्निकल सपोर्ट, एपको म्यानेजमेन्ट, डाटा डिलिट र अन्य टेक्निकल इस्यूहरुको बारेमा जानकारी दिएका छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया