काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) पाँच कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।
आज जीवन विकास लघुवित्त र हिमालयन पावर पार्टनर शेयरमुल्य १० प्रतिशतले बढेको छ ।
जीवन विकास लघुवित्तको शेयरमुल्य प्रतिकित्ता रु.१ हजार ८२२ र हिमालयन पावर पार्टनर शेयरमुल्य प्रतिकित्ता रु.६९० पुगेको छ ।
युनियन लाइफ इन्स्योरन्स, ङादी ग्रुप पावर र युनियन हाइड्रोपावरको शेयरमुल्य ९ प्रतिशतले वृद्धि भएको छ ।
युनियन लाइफ इन्स्योरन्सको ९.९९ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.५८३, ङादी ग्रुप पावरको ९.९९ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.१ हजार १७२ र युनियन हाइड्रोपावरको शेयरमुल्य ९.०१ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.४९६ पुगेको छ ।
प्रतिक्रिया