नेपाली बजारमा अल न्यू हुन्डाई आई २० भित्रियो, मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाली बजारमा अल न्यू हुन्डाई आई २० भित्रिएको छ । नेपालको लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा भित्र्याएको हो ।

नयाँ जेनेरेशन आई २० मा हुन्डाईको चर्चित र सफल कप्पा इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ६००० आरपीएममा ८३ पीएस पावर प्रदान गर्नेछ । उक्त इन्जिनमा म्यानुयल गियरबक्स दिइएको छ ।

निकै स्पोर्टी डिजाइनमा आएको नयाँ आई २० को बाहिरी आवरण निकै आकर्षक र सुन्दर देखिन्छ । प्रोजेक्टर हेडल्याम्प, जेड आकारको एलइडी टेल ल्याम्प, फ्लाईव्याक रियर ग्लाससहितको क्रोम बेल्टलाइन, स्लीक लुकिङ ग्लास, सार्क फिन एन्टेना, १६ इन्चको अलोय ह्वील जस्ता विशेषताले यसलाई सडकमा निकै विशिष्ठ बनाउने छ ।

व्ल्याक कलर इन्टेरियर, उत्कृष्ट सिट, फुल डिजिटल इन्ट्रमेन्ट क्लष्टर, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, मल्टी फङ्सनल स्टेरिङ ह्वील, आर्म रेष्ट जस्ता फिचरले आई २० लाई निकै विलासी र प्रिमियम गाडी बनाएको छ ।

विभिन्न ६ कलर भेरियन्टमा उपलब्ध नयाँ जेनेरेशन आई २० टाइफुन सिल्वर, टाइटन ग्रे, मेटालिक ग्रे, स्टार्री नाइट, पोलार ह्वाइट र फायरी रेडमा उपलब्ध रहने छ । यात्रु सुरक्षाको लागि आई २० मा हुन्डाईले धेरै फिचर प्रदान गरेको छ । ड्यूल एयरव्याग, एबीएस, इबीडी, आपतकालीन स्टप सिग्नल (इएसएस) र स्मार्ट पेडल जस्ता फिचर रहेका छन् ।

अतुलनिय ड्राइभिङ एक्स्पेरिएन्स, उत्कृष्ट पावर र पर्फमेन्स, एप्पल कार प्ले र एन्ड्रोइट अटो सपोर्ट गर्ने टच स्कृन इन्फोटेन्टमेन्ट सिस्टम, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर एसी भेन्ट्सले चालक र यात्रु दुबैलाई मनोरञ्जन सहितको यात्रा प्रदान गर्नेछ ।

हुन्डाई आई २० म्याग्ना र स्पोर्त्ज़ अप्सन मा उपलब्ध हुने छ । म्याग्ना अप्सन को मूल्य ३६ लाख ९६ हजार र स्पोर्त्ज़ अप्सन को मूल्य ४१ लाख ९६ हजार राखिएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया