सामूहिक प्रणालीमा निर्णय लिन नेकपामा नेतृत्वलाई दवाव

७ बर्ष अगाडि

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा सोमबार पनि पार्टी नेतृत्व र सरकारको कामबारे समीक्षा गरियो । 

सरकारले जनतालाई अनुभूति हुनेगरी काम गर्न नसकेको र नेतृत्वले पार्टी एकताको बाँकी कामलाई समेत तीव्रता दिन नसकेको गुनासो नेताहरूको थियो । गोरखापत्र दैनिकमा खबर छापिएको छ । 

पार्टी मुख्यालय धुम्बाराहीमा शनिबारदेखि जारी बैठकमा बुधबार नेताहरूले विधानअनुसार पार्टी नेतृत्व नचलेको, पार्टी एकता घोषणा भएको सात महिना भइसक्दासमेत एकता प्रक्रियाले तीव्रता नलिँदा कार्यकर्ता र शुभेच्छुक जनतामा समेत निराशा छाएको बताए । 
पार्टी प्रक्रियाअनुसार सामूहिक रूपमा निर्णयहरू गर्न नेताहरुको नेतृत्वलाई सुझाव छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया