काठमाडौं - पूँजी वृद्धिका लागि सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले बोनस शेयरपछि हकप्रद बिक्री गर्ने भएको छ ।
कम्पनी सञ्चालक समितिको आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ०.५२ प्रतिशत नगद गरी १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैठकले बोनसपछि कायम हुने पूँजीको पचास प्रतिशत अर्थात २ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।
कम्पनीले ७ करोड ३३ लाख २५ हजारको सेयर बोनस शेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत अर्थात ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा रुपैयाँ दिने प्रस्ताव गरेको छ । उक्त लाभांश प्रस्ताव आगामी साधारण सभाले पारित गरेपछि मात्रै लगानीकर्ताले पाउनेछन् ।
प्रतिक्रिया