गुराँस लाइफको ५.७८ प्रतिशत लाभांश प्रस्ताव

४ बर्ष अगाडि

काठमाडौं, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीले आव २०७५/७६ को सञ्चित मुनाफाबाट शेयरधनीलाई ५.५ प्रतिशत बोनस शेयर र ०.२८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

 कम्पनीको साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नियामक निकाय बीमा समितिबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउने छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया