एजेन्सी - लियोनल मेसीलाई बिदाई गरेको बार्सिलोनाले गएराती सम्पन्न मैत्रीपूर्ण खेलमा युभेन्टसलाई ३–० ले हराएको छ ।
बार्सिलोनाले तेस्रो मिनेटमै मेम्फिस डिपाएको गोलबाट अग्रता लियो । ५७औं मिनेटमा मार्टिन ब्रेथह्वाइटले अग्रता दोब्बर बनाए । अन्तिम मिनेटमा रिकार्ड पुइगले तेस्रो गोल थपेपछि बार्सिलोनाले सहज जित निकालेको हो ।
युभेन्टसले गोल फर्काउन सकेन । बार्सिलोनाले १५ अगष्टमा रियाल सोसिडाडविरुद्धको खेलबाट लिगको नयाँ सिजन सुरु गर्नेछ ।
साथै रियाल मड्रिड इटालियन क्लब एसी मिलानसँग गोलरहित बराबरीमा रोकिएको छ । लोनमा टोटेनह्याम गएर फर्किएका गारेथ बेलले ५० नम्बरको जर्सी लगाएका थिए । उनले ४०औं मिनेटमा पाएको पेनाल्टी अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।
उनको प्रहारलाई मिलानका गोलकिपर माइक काइगननले बचाइदिए। बेलले २०२० जुनदेखि रियालबाट खेलेका थिएनन् । रियालले १५ अगष्टमा डेपोर्टिभो अलाभेसविरुद्धको खेलबाट नयाँ सिजन सुरु गर्नेछ ।
प्रतिक्रिया