काठमाडौं - आज सोमबार अगष्ट ९ तारिखका दिन २ मिनेट सित्तैमा ट्याक्सी बुक गर्न र चढ्न पाइन्छ । उक्त अफर पठाओ कार लाइट (ट्याक्सी) को दोस्रो एनिभर्सरीको अवसरमा पठाओले घोषणा गरेको हो ।
दिउँसो २ बजेदेखि दुई बजेर २ मिनेटसम्म लागू हुने अफरमा सो अवधिभित्र पठाओको मोबाइल एपमार्फत कार लाइट ९ट्याक्सी० बुकिङ गर्ने सबै सेवाग्राहीले निशुल्क ट्याक्सी चड्न पाउने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।
पछिल्लो समय काठमाडौमा प्रविधिको सदुपयोग गर्दै पठाओ ट्याक्सीको प्रयोगकर्ता बढेसँगै पठाओमा आवद्ध हुने ट्याक्सीको सङ्ख्या पनि बढेको छ । ८ हजार कार लाइट (ट्याक्सी) आवद्ध भएको पठाओ नेपालमा हाल दैनिक २ हजार ५ सयले सक्रिय रुपमा सेवा प्रदान गरिरहेको बस्न्यात बताउँछन् ।
क्याप्टेन (ड्राइभर) ले मास्क अनिवार्य लगाउने र ट्याक्सीमा स्यानिटाइजरको समेत ब्यवस्था हुने भएकाले सुरक्षीत हुने बस्न्यात बताउँछन् । पठाओ एपमा नै भाडा देखिने भएकोले बार्गेनिङ समेत गर्न नपर्ने भएकोले पठाओ ट्याक्सी सहज छ ।
कोरोना कहरको समयमा उपभोक्ताको स्वास्थ्य सुरक्षाको सावधानीलाई मध्यनजर गर्दै पठाओ ट्याक्सीमा चालक र यात्रुको बिचमा प्लास्टिक सिल्ड (पर्दा) समेत राखिएको छ ।
नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट ९ट्याक्सी० सेवा सुरु गरेको हो । सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा समेत सुरु गरेको थियो ।
प्रतिक्रिया