माथिल्लो तामाकोशीको सवस्टेशन सफलतापूर्वक चार्ज, हाल चार युनिट सञ्चालनमा

४ बर्ष अगाडि

काठमाडौं, स्वदेशी लगानीमा निर्मित देशको हालसम्मकै ठूलो आयोजना माथिल्लो तामाकोशी जलविद्युतको बिजुली काठमाडौँ उपत्यका भित्र्याउनका लागि महत्वपूर्ण मानिएको उक्त सवस्टेशन सफलतापूर्वक चार्ज भएको छ ।

कूल ४५६ मेगावाट क्षमताको तामाकोशीका हाल चार युनिट सञ्चालनमा आएका छन् । एउटा युनिटको क्षमता ७६ मेगावाटको छ भने हाल त्यहाँबाट ३०४ मेगावाट बिजुली उत्पादन गरिएको छ । अन्य दुई युनिट पनि छिट्टै सञ्चालनमा ल्याइने तयारीे छ ।

उक्त सवस्टेशनमा १०० केभी क्षमताको चार वटा पावर ट्रान्सफर्मर जडान गरिएको छ । जडान गरिएका ट्रान्सर्फरमध्ये तीन वटा नियमित सञ्चालनमा ल्याइने र एउटा जगेडामा राखिनेछ । माथिल्लो तामाकोशीको बिजुली हाल खिम्ती– ढल्केबर प्रसारण लाइनमार्फत ढल्केबर पुगेपछि देशभर वितरण हुन्छ । आयोजना झण्डै ११ वर्षपछि सम्पन्न भएको हो ।

शुरुआती लागत रु ३५ अर्ब भए पनि प्राकृतिक विपत्ति, भारतको सीमानाकामा अवरोध तथा डिजाइनमा भएको परिवर्तन, अमेरिकी डलरमा भएको मूल्यवृद्धि तथा ठेकेदारको बदमासीका कारण लागत बढेर रु ८४ अर्बको हाराहारीमा पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया