कोरोना प्रभावित व्यवसायलाई विषेश आर्थिक प्याकेज, स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता बारे छानबिन हुने

४ बर्ष अगाडि

काठमाडौं - संयुक्त सरकारले कोरोनाका कारण संकटग्रत भएका उद्योग व्यवसायका लागि विषेश आर्थिक प्याकेज ल्याउने भएको छ । सरकारले आइतबार सार्वजनिक गरेको साझा न्युनतम कार्यक्रममा तोकिएको ११ प्रथामिकतामा कोरोना प्रभावितालाई पनि समावेश गरेको हो ।

संयुक्त सरकारले उत्पादनमस्खी अर्थतन्त्रमा जोड, आपुर्ति व्यवस्थामा सुधार, महङगी नियन्त्रण तथा भ्रष्टाचारको छानबिन र कारबाहीका लागि अग्रसरता लिने लगायतका विषयलाइ विषेश प्रथमिकतामा राखेको छ । 

साथै अघिल्लो सरकारको पालामा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता बारे छानबिन हुने भएको छ । छानबिनका क्रममा दोषी देखिएका व्यक्ति–संस्थाउपर कानुनी कारबाही अगाडि बढाउने वर्तमान सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा उल्लेख छ । 

कोरोनाको सम्भावित तेस्रो लहरबारे स्वास्थ्य सचेतना बढाउने, आवश्यक जनशक्ति र गुणस्तरीय स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्ने उल्लेख छ। कार्यक्रममा आवश्यक औषधीको आपूर्ति सुनिश्चित गर्ने उल्लेख छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया