काठमाडौं - चिलिमे जलबिद्युत कम्पनी लिमिटेडको खुद नाफा ५.८७ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरणका अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ५।८७ प्रतिशतले घटेर ७० करोड १८ लाख ३४ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ७४ करोड ५५ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद मुनाफासंगै कम्पनीको विद्युत बिक्री आम्दानीमा पनि गिरावट आएको छ । विद्युत् बिक्रीबाट हुने आम्दानी पनि १.११ प्रतिशतले घटेर १ अर्ब १२ करोड ८० लाख ५२ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्री आम्दानीबाट १ अर्ब १४ करोड ७ लाख ३९ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
हाल चुक्ता पुँजी ६ अर्ब २८ करोड ७ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ८५ करोड ६५ लाख ८२ हजार रुपैयाँ जम्मा गरेको छ । समिक्षा अवधिमा कम्पनीको रिजर्भको आकार १० प्रतिशतले घटेको हो ।
कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) ११ रुपैयाँ १७ पैसा रहेको छ ।
प्रतिक्रिया