काठमाडौं - कोरोना महामारीबीच नेपालमा एक वर्ष भित्र १७१ देशबाट ६८ हजार १८१ जना विदेशी नेपाल आएका छन् । अध्यागमन विभागका अनुसार उनीहरु गत आर्थिक वर्ष २०७७/७८ मा नेपाल आएका हुन् । सोही अवधिमा नेपालबाट ७० हजार ३०८ जना विदेशी फर्केका छन् ।
सो अवधिमा भारतबाट ३२ हजार ६९२, अमेरिकाबाट ८ हजार ८७० चीनबाट ५ हजार ५६९, बेलायतबाट ३ हजार ६०,रुसबाट एकहजार २७६ र टर्कीबाट एकहजार १०९जना विदेशी नेपाल आएका छन् ।
साथै एक वर्षमा नेपालबाट विदेश जानेभन्दा विदेशबाट नेपाल फर्कने नेपालीको संख्या बढी पाइएको छ । विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७९मा विदेशबाट स्वदेश फर्कने नेपालीको संख्या ४ लाख १४ हजार ४५० रहेको छ ।
सोही अवधिमा नेपालबाट ३ लाख ४ हजार १९९ जना नपाली विदेश गएका छन् । एक वर्षमा विदेश जाने भन्दा फर्कनेका संख्या एक लाख १० हजार २५१ ले बढी रहेको छ ।
प्रतिक्रिया