काठमाडौं - अपि पावर कम्पनीले साउन १३ गते बुधबार देखि साउन २० गतेसम्म लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेको अवितरित हकप्रद सेयरको शिलबन्दी बोलपत्र खुला गरेको छ ।
कम्पनीले जेठ २० गतेदेखि असार १३ गते, आइतबारसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको २ लाख १५ हजार ५ सय ९९ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो ।
कम्पनीले ०.२९३८ प्रतिशत हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको सेयर अहिले लिलामीमा बिक्री खुल्ला गरेको हो । कम्पनीको सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले लिलामी सेयर खरीदका लागि कुल २४७३ वटा आवेदन परेको जनाएको छ ।
प्राप्त आवेदनका आधारमा हाल कम्पनीको लिलामी शेयरको प्रारम्भिक कटअफ मूल्य ४८१ रुपैयाँ सम्म आउने क्यापिटलले जनाएको छ । कम्पनीले अवितरीत हकप्रदको लिलामीबाट कम्तीमा ८ करोड २ लाख रुपैयाँ आम्दानी गर्ने भएको छ ।
जुन मूनाफा कम्पनीको गैर सञ्चालन मुनाफामा जोडिने छ ।
प्रतिक्रिया