एचआईडीसीएलको हकप्रद सेयरमा आवेदन दिने मिति थप, कहिले सम्म ?

४ बर्ष अगाडि

काठमाडौं - हाइड्राइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले साउन ५ गतेबाट निष्कासन तथा बिक्री खुल्ला गरेको हकप्रद सेयरमा आवेदन दिने मिति थप गरिएको छ ।

कम्पनीको हकप्रदमा साउन ५ गतेबाट साउन २५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको थियो तर कोभिडका कारण उत्पन्न असहज परिस्थितीका कारण लगानीकर्ताहरुलाई आवेदन गर्न कठिन भएकाले हकप्रद आवेदन दिन १५ दिन समय गरेको हो । 

अब लगानीकर्ताहरुले कम्पनीको हकप्रदमा भदौ ८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीले १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । अर्थात कम्पनीको १०० कित्ता सेयर हुने सेयरधनीहरुले १०० कित्ता बराबर नै हकप्रदमा आवेदन दिन सक्नेछन् । 

हकप्रदमा ग्लोबल आईएमई क्यापिटल तथा ग्लोबल आईएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि जेठ २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको थियो ।  त्यसैले, जेठ २७ गते गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया