पीएसजीद्धारा मेसी भित्राएको घोषणा गर्न आइफेल टावर भाडामा, मेस्सी भन्छन् कुनै सहमति भएकोे छैन

४ बर्ष अगाडि

एजेन्सी - फ्रेन्च लिग वानको क्लब पिएसजीले अर्जेन्टिनाका फरवार्ड लियोनल मेसी भित्राएको घोषणा गर्न पेरिसको आइफेल टावर भाडामा लिएको जनाइएको छ । 

इएसपीएनका पत्रकार डिएगो मोरोइगका अनुसार पीएसजीले १० अगस्टका लागि तीन लाख युरो तिरेर टावर भाडामा लिएको छ । 

मेसीले पीएसजीसँग दुई वर्षको सम्झौता गर्न लागेको जनाइएको छ । तर, मेसीले बार्सिलोना छाडेपछि फ्रेन्च लिग वानको क्लब पीएसजी सम्भावित गन्तव्य भए पनि कुनै सहमति भई नसकेको बताएका छन् । 

मेसीले भने, ‘बार्सिलोनासँगको यात्रा समाप्त भयो । अब नयाँ बाटो तय गर्नुपर्छ । पीएसजी एक सम्भावित गन्तव्य हो । तर मैले कसैसँग कुनै पनि सहमति गरेको छैन । धेरैले चासो देखाएका छन् । थुप्रै फोन आएका छन् । तर कतै पनि निश्चित भइसकेको छैन ।’

४ बर्ष अगाडि

प्रतिक्रिया