काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर १ लाख ८४ हजार ३६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। योसँगै देशभर खोप लगाउनेको संख्या ६९ लाख ८६ हजार ४५१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार यीमध्ये ४४ लाख ९४ हजार २६९ जनाले पहिलो मात्रा खोप लगाएका छन् भने २४ लाख ९२ हजार १८२ जनाले पूर्ण मात्रा लगाएका छन् ।
साथै आज देशभर ३५ हजार ४८५ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । यीमध्ये आइसियुमा ८०२ जना, भेन्टिलेटरमा १८१ जना, होम आइसोलेसनमा ३१ हजार ९६३ जना र अस्पतालको आइसोलेसनमा ३ हजार ५२२ जना रहेका छन् ।
आज देशभर थप २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया